नेप्से दाेहाेराे अङ्कले बढ्याे

 भदौ २४, २०७७ बुधबार १६:१७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – केही दिनयता लगातार ओरालो लागेको शेयर बजार परिसूचक नेप्से बुधबार बढेको छ । नेप्से १३ दशमलव शून्य पाँच अङ्कले बढेर १५ सय आठ दशमलव २० अङ्कमा पुगेको हाे ।

बैंक र विकास बैंक बाहेक अरु सबैजसो समूहको शेयर बुधबार उकालो लागेको छ । निर्जीवन बीमा समूहको शेयर दुई सय ६१ अङ्कले, बीमा समूहको एक सय ६६, माइक्रो फाइनान्सको ५५ र उत्पादन समूहको शेयर २४ अङ्कले बढेको छ ।

बुधबार दुई अर्ब ५६ करोड ७३ लाख रुपैयाँ बराबरका ५८ लाख ३१ हजार कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

बुधबार सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले १० प्रतिशत कमाएका छन् । समग्र बजार बढे पनि  नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका शेयरधनीले झण्डै १० प्रतिशत गुमाएका छन् ।  

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया