२४ घण्टामा १०८१ जना काेराेनाका सङ्क्रमित थपिए, ९१८ जना डिस्चार्ज

 भदौ २४, २०७७ बुधबार १६:२२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४९ हजार दुई सय १९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार ८१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा ११ हजार एक सय ६७ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार ८१ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे । यस्तै गएको २४ घण्टामा नाै सय १८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३३ हजार आठ सय ८२ जना पुगेको छ ।  

अब नेपालमा १५ हजार २५ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच हजार चार सय ८० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय १२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया