दूरसञ्चार सेवा प्रदायक कम्पनीले राहत पाउने

 भदौ २४, २०७७ बुधबार १७:१७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दूरसञ्चार सेवा प्रदायक कम्पनीले राहत पाउने भएका छन् । कोरोना भाइरसको असरलाई ध्यानमा राख्दै प्राधिकरण सञ्चालक समितिले सेवा प्रदायक कम्पनीलाई विभिन्न पाँच क्षेत्रमा राहत दिन सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सेवा प्रदायक कम्पनीको आग्रहअनुसार राहत दिने निर्णय गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालका अनुसार सेवा प्रदायकले आयात गर्ने दूरसञ्चार उपकरणमा भन्सार महसुल छुट र नेटवर्क सेवा प्रदायकका लागि आयात हुने अन्तर्राष्ट्रिय इन्टरनेट ब्याण्डविथमा लाग्ने रिभर्स भ्याटमा सहुलियतका लागि नेपाल सरकारलाई सिफारिस गरिएको छ ।

भुक्तानीका लागि तीन महिनाको अवधि थप गरिदिन अन्तर्राष्ट्रिय ब्याण्डविथ कम्पनीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै सेवा प्रदायक कम्पनीले वार्षिकरूपमा रकम जम्मा गर्दै आएको ग्रामीण दूरसञ्चार कोषमा रकम जम्मा गर्ने समयावधि नौ महिना थप गरिएको प्राधिकरणले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया