न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
काठमाडौं, जेठ १५ – सरकारले पर्यटन प्रवर्द्धन गर्न ‘भिजिट नेपाल २०२०’ सञ्चालन गर्ने भएको छ ।
यसका लागि सरकारले एक सय वटा पर्यटकीय गन्तव्य पहिचान गरेको छ । पर्यटकीय क्षेत्रको विकासका लागि स्तरीय होटल तथा पर्यटन पूर्वाधार विकासमा सहज बनाइने पनि सरकारले घोषणा गरेको छ ।
संसद भवनमा बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पर्यटन क्षेत्रमा ५ अर्ब ३४ करोड बजेट छुट्याएको बताउनुभयो ।
हिमाल आरोही र पर्यटकको आकस्मिक उद्धार प्रभावकारी बनाउनुका साथै सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिने उल्लेख छ ।