झापामा पाँच रेक्टर स्केलको भूकम्पकाे धक्का महशुस

 भदौ २६, २०७७ शुक्रबार १०:४९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डौ - झापामा पाँच रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएकाे छ।

बिहान नौ बजेर ३० मिनेटमा झापाको बाहुनडाँगी केन्द्रबिन्दु भएर पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

नेपाल-भारत सीमा नजिक गएको भूकम्पकाे वरपर धक्का महशुस भएको जानकारी आएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो । यो पराकम्प नभएर भूकम्प नै भएको अधिकारीको भनाइ छ । बुधबार पनि धादिङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया