भक्तपुरमा एकै घरका ३ जना मृत भेटिए

 भदौ २६, २०७७ शुक्रबार १९:३३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – भक्तपुरको मध्यपुर थिमिमा एकै घरका तीन जना मृत भेटिएका छन् । थिमि नगरपालिका वडा नम्बर ९ मा सुदीप अधिकारी, उहाँकी श्रीमती सुशीला र छोरा सुशान्तको शव भेटिएको प्रहरीले जनाएको  छ । 

शवको प्रकृति हेर्दा घटना केही दिनअघि भएको हुन सक्ने अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिनुभयो । 

दोस्रो तलामा कुकुर र सुशीला तथा तेस्रो तलामा सुदीप र सुशान्तको शव भेटिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको पनि एसएसपी थापाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया