सभामुख र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट, सहकार्य गर्न पाएकाेमा खुसी व्यक्त

 भदौ ३०, २०७७ मंगलबार १५:१३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गर्नुभएको छ । 

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका जावेदले सभामुखको कार्यकक्षमै गएर सभामुख सापकोटासँग शिष्टाचार भेट गर्नुभएको हो । भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगका विषयमा कुराकानी भएको थियो ।

भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । राजदूत जावेदले दुई देशको सम्बन्ध सौहार्दपूर्ण रहेको बताउँदै नेपालसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

दुई देशबीचका संसद्को सहकार्य बढाउँदै संसदीय मैत्री समूहमार्फत गतिविधि बढाउनुपर्ने उहाँले बताउनुभयो । राजदूत जावेदले गृहमन्त्री रामबहादुर थापा बादल, राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका व्यक्तित्वसँग पनि बिदाइ भेट गर्नुभएको छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया