८ महिनापछि आज संयुक्त विद्यार्थी सङ्गठनको बैठक चल्दै

 भदौ ३०, २०७७ मंगलबार १४:५१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विभिन्न शैक्षिक मुद्दामा निर्णय गर्न संयुक्त विद्यार्थी सङ्गठनको बैठक अहिले बसिरहेको छ ।

नयाँ बानेश्वरमा चलिरहेको बैठकले नयाँ शैक्षिक सत्र, अनलाइन कक्षा,परीक्षालगायतका विषयमा साझा धारणा बनाउने अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिनुभयो ।

लकडाउनको समयमा विद्यार्थीले पढ्न नपाउने र शिक्षक फुर्सदमा हुने समस्या देखिएको र यसको हल गर्ने विषयमा बैठकमा निर्णय हुने उहाँले बताउनुभयो । पछिल्लो आठ महिनादेखी संयुक्त विद्यार्थी सङ्गठनको बैठक बस्न सकेको थिएन । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया