विश्वका चर्चित मूर्तिकारहरुले पाेखरामा बनाएकाे मूर्ति अलपत्र

 भदौ ३०, २०७७ मंगलबार १५:५५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखराको फेवाताल नजिक रहेको कोमागाने पार्कमा बनाइएका मूर्तिहरु संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् ।

सात वर्षअघि विश्वका चर्चित मूर्तिकारहरुले बनाएका मूर्तिहरु अहिले संरक्षणको अभावमा छरपस्ट छन् । ढुङ्गाबाट मूर्ति बनाउने संसारका प्रसिद्ध मूर्तिकारहरु थेउरी लयरसको टिम र नेपालका मूर्तिकारहरुको संयुक्त पहलमा मूर्ति निर्माण भएको थियो ।

पार्कमा नाग, साँढे, प्रसव व्यथामा रहेकी महिला, पात, मानिस, बुद्ध, बज्र योनी, हिमाललागायतका मूर्तिहरु निर्माण गरिएको थियो ।

त्यस्ता महत्त्वपूर्ण मूर्ति रहेको कोमागाने पार्क अहिले भने संरक्षणको अभावमा गाईवस्तु चरन क्षेत्रको रुपमा परिणत भएको छ । यो पार्क अहिले पोखरा महानगरपालिकाको जिम्मामा छ । तर अहिलेसम्म महानगरपालिकाले पार्कको व्यवस्थापन र मूर्तिको संरक्षणमा ध्यान दिएको देखिँदैन ।

पार्कमा १४ वटा मूर्ति रहेका छन् । जुन मुर्तिहरु सात वर्षअघि झण्डै एक करोड लगानीमा नेपाल प्रज्ञा प्रतिष्ठान र पोखरा पर्यटन परिषद्को समन्वयमा १४ जना मूर्तिकारहरुले निर्माण गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया