एकैदिन १ हजार ४५९ जनामा काेराेना सङ्क्रमण, ११ जनाकाे ज्यान गएकाे पुष्टि

 भदौ ३०, २०७७ मंगलबार १६:२८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५६ हजार सात सय ८८ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार चार सय ५९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार तीन सय ७५ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार चार सय ५९ जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा एक हजार ६२ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४० हजार ६ सय ३८ पुगेको छ ।  

अब नेपालमा १५ हजार सात सय ७९ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार दुई सय ५० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ७१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया