एसियन पेन्ट्सले 'आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता' का विजेताकाे घोषणा गर्‍याे

 भदौ ३१, २०७७ बुधबार १८:९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एसियन पेन्ट्सले नेपाल आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१९/०२० का विजेताहरुकाे घोषणा गरेको छ ।

प्रतियोगितामा नेपालका आर्किटेक्चरल कलेजहरुमा अध्ययन गरेका २०७२ का ब्याचका सहभागी ३६ जना विद्यार्थीमध्ये पाँच जना उत्कृष्ट घोषणा भएका हुन् । उनीहरुलाई ललितपुर महानगरपालिकाको नगर कार्यालय भवन ब्लक बी डिजाइन गर्न भनिएको थियो ।

विजेताको घोषणा एसियन पेन्ट्स र ललितपुर महानगरपालिकाका प्रतिनिधि तथा विद्यार्थी र प्राध्यापकको उपस्थितिमा जुम एपमार्फत् भएको हो ।

प्रतियोगिताको विजेता आईओई पूर्वाञ्चल क्याम्पसका शुभम् कार्कीले पुरस्कार स्वरुप एसियन पेन्ट्सकाे तर्फबाट ७० हजार र महानगरपालिकाको तर्फबाट २५ हजार रुपैयाँ पाउनु हुनेछ । यसैगरी द्वितीय हुने आईओई थापाथली क्याम्पसकी सुनिता गुरुङ्गले एसियन पेन्ट्सकाे तर्फबाट ४० हजार र महानगरपालिकाको तर्फबाट २० हजार रुपैयाँ पाउनु हुनेछ ।  

यस्तै तृतीय पुरस्कार पाउने आईओई थापाथली क्याम्पसकी प्रवासा बज्राचार्यले एसिनयन पेन्ट्सको तर्फबाट ३० हजार र महानगरपालिकाको तर्फबाट १५ हजार रुपैयाँ पाउनु हुनेछ ।

सान्त्वना पुरस्कारका दुई जना विजेताहरु आईओई थापाथली क्याम्पसका दिप्गेस्ट कटुवाल र आईओई पुल्चोक क्याम्पसका विवेक हिमालयले एसियन पेन्ट्स र महानगरपालिकाको तर्फबाट १०\१० हजार रुपैयाँ प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसैबीच अरु १० जना सहभागी विद्यार्थीहरुलाई पनि महानगरपालिकाले पाँच\पाँच हजार रुपैयाँ नगद प्रदान गर्ने भएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया