च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाण्डाै – आज देशभरका अदालत नखुल्ने भएका छन् । सर्वोच्च अदालतले पूर्व-प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो ।
१९७६ सालमा सप्तरीमा जन्मेका सिंहले २००३ सालदेखि सरकारी सेवामा वडाहाकिमको पदबाट सेवा सुरु गर्नुभएको थियो । २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त हुनुभएको थियो । उहाँले २०१६ असार १५ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गर्नुभएको थियो ।
काठमाण्डौको बत्तिसपुतली बस्दै आएका पूर्व-प्रधानन्यायाधीश सिंहको ओम अस्पतालमा मंगलबार राति निधन भएको थियो । सर्वोच्च अदालतको हिजो बसेको आकस्मिक पूर्ण बैठकले पूर्व-प्रधानन्यायाधीश सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालत सहित देशभरका अदालतमा एक दिन शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।