आज विश्वकर्मा पूजा गरिँदै

 असोज १, २०७७ बिहिबार ७:५१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आश्विन सङ्क्रान्तिका दिन कलकारखाना तथा औजार रंगीचंगी पार्नुका साथै विशेष पूजा समेत गर्ने गरिन्छ ।

आजका दिन फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने विश्वास छ । विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा गर्ने चलन रहेको छ । विश्वकर्मा पूजाको अवसरमा वर्षभरी कुनै अप्रिय घटना नहोस् भनेर मेसिन तथा औजारहरुको पूजा गर्ने चलन छ ।

देशका विभिन्न भागमा रहेका मजदुरहरुले ध्वजापातकाले कलकारखाना, यातायात लगायतका फलामे औजारहरुलाई सजाउने र विश्वकर्माको मूर्ति वा तस्बिरमा पूजा गर्नुका साथै प्रसाद चढाउने गर्दछन् । झण्डै ६ महिनापछि आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्दैछन् । आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने यातायात व्यवसायीले बताएका छन् । आजको दिनलाई वास्तुशास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Dipak sapkota

    Sept. 20, 2020, 9:33 a.m.

    Jaya bishowkarma baba ki , jaya.

  •  0 Reply

तपाईको प्रतिक्रिया