आज विश्व बिरामी सुरक्षा दिवस : स्वास्थ्यकर्मी र बिरामीको मनोबल बढाउन जोड

 असोज १, २०७७ बिहिबार ८:१३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज विश्व बिरामी सुरक्षा दिवस मनाइदैछ । सुरक्षित स्वास्थ्यकर्मी, सुरक्षित बिरामी भन्ने नाराका साथ नेपालमा पनि यो दिवस सप्ताहव्यापी रुपमा मनाइदैछ ।

यसपाली विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेकाले दिवसलाई महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउने र बिरामीको उपचारमा जोड दिइएको छ । सरकारले बिरामी र स्वास्थ्यकर्मीको मनोबल बढाउन दीपावली गरी दिवस मनाउन आग्रह गरेको छ ।

आज बेलुका ७ बजे माइतीघर मण्डलामा दीप प्रज्वलन गरिने भएको छ । दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल लगाएतले शुभकामना दिंदै महामारीबाट बच्न अनुशासन र सजगताको पालना गर्न आग्रह गर्नुभएको छ । साथै कोरोनाको प्रभावकारी उपचार, महामारी रोकथाम र नागरिकको जीवन रक्षामा खटिएका स्वास्थ्यकर्मीको प्रशंसा गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया