नारायणगढ–मुग्लिन सडकखण्ड फेरि बन्द

 असोज १, २०७७ बिहिबार ८:२५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड फेरि बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा आज बिहान साढे ४ बजेतिर पहिरो खसेपछि सडकखण्ड बन्द भएको मुग्लिन प्रहरीले जनाएको छ ।

आज पनि हिजोजस्तै सडकमाथिबाट लेदो माटो र ढुङगासहित पहिरो खसेको छ । हिजो पनि त्यही ठाउँमा पहिरो खसेपछि बन्द भएको सडक झण्डै ४ घण्टापछि सञ्चालनमा आएको थियो । आज पनि सडक खुलाउने प्रयास भइरहेको मुग्लिन प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया