काठमाण्डौको तीनकुनेबाट ४२ बोरा प्याज र ४० बोरा आलु बरामद

 असोज १, २०७७ बिहिबार ११:१४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौको तीनकुनेबाट साढे बयालिस बोरा प्याज र ४० बोरा आलु बरामद भएको छ ।

महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले तीनकुनेको हरितगृह तरकारी बजारबाट लुकाएर राखिएको अवस्थामा साढे ४२ बोरा प्याज र ४० बोरा आलु बरामद गरेर प्रहरीलाई बुझाएको हो । बिजेस गौतमको पसलबाट २९ बोरा र ज्योती नाप अलर्टबाट साढे १३ बोरा प्याज बरामद गरेको हो ।

यस्तै सालिकराम दुलालको पसलबाट ४० बोरा आलु बरामद गरेको तीनकुने प्रहरीले जनाएको छ । उनीहरुलाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही हुनेछ । भारतले प्याज निर्यातमा रोक लगाएपछि एक्कासि व्यापारीले मूल्य बढाएकाे भन्दै उपभोक्ताको गुनासो बढेपछि समितीले अनुगमन गरेको हो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया