नारायणगढ–मुग्लिन सडकखण्ड ६ घण्टापछि खुल्यो

 असोज १, २०७७ बिहिबार १२:३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नारायणगढ–मुग्लिन सडकखण्ड ६ घण्टापछि खुलेको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा बिहान साढे ४ बजेतिर खसेको पहिरो डोजर लगाएर पन्छाएपछि बिहान साढे १० बजेदेखि सञ्चालनमा आएको मुग्लिन प्रहरीले जनाएको छ ।

यो सडकखण्डमा बेलाबेला पहिरो जाने समस्याका कारण गाडी चालक र यात्रुले समस्या भोग्दै आएका छन् । हिजो पनि यो सडकखण्डमा लेदो माटो र ढुङगासहितको पहिरो खसे पनि बन्द भएर झण्डै ४ घण्टापछि सञ्चालनमा आएको थियो ।

अन्तिम अपडेट: असोज १, २०७७

तपाईको प्रतिक्रिया