पाकिस्तानी गायिका रेशमाको श्रीमानले गरे गोली हानी हत्या

 साउन २४, २०७५ बिहिबार १४:६:४६ | एजेन्सी
unn.prixa.net

पाकिस्तानकी चर्चित गायिका तथा नायिका रेशमाको श्रीमानले गोली हानेर हत्या गरेका छन् । खबरहरुका अनुसार जग्गाको विवादका कारण गायिकाका श्रीमानले उनको हत्या गरेका हुन ।

उनको हत्या पाकिस्तानको खैबर पख्तुनवामा भएको हो । रेशमा उनका श्रीमानकी चौथी श्रीमती थिइन् । श्रीमानसँगको विवादपछि उनी आफ्ना भाइको घरमा बस्दै आएकी थिइन् । 

पाकिस्तानी मिडियाका अनुसार आरोपीले घरभित्र छिर्ने बित्तिकै गोली चलाउन सुरु गरेका थिए । गोली लागेर गम्भीर घाइते भएकी रेशमाको घटनास्थलमै मृत्य भएको हो । गायिकाको मृत्यु श्चात आरोपिले घरमा लुटपाट भएको जस्तो माहोल बनाउदै घटना ढाकछोप गर्ने प्रयास गरेका थिए । यो घटना अगस्ट १ मा घटेको भए पनि ढिलो गरी सार्वजनिक भएको हो । 

पाकिस्तानको खैबर पख्तुनवामा महिला कलाकारहरुमाथि कयौं अपराधका घटनाहरु घट्ने गर्छन । यस अघि त्यही ठाउँमा फेब्रुअरीमा एक महिला कलाकालाई पार्टीमा नाच्न नमानेको भन्दै गोली हानी हत्या गरिएको थियो । 

रेशमा पाकिस्तानमा पश्तो गीतकी चर्चित गायिका थिइन् । यसका साथै उनी पाकिस्तानी ड्रामा झोबाल गोलुनामा गरेका अभिनयका कारण पनि चर्चित थिइन् । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया