भारतमा मोदीले जन्मदिन मनाइ रहँदा युवाले मनाए बेरोजगार दिवस

 असोज २, २०७७ शुक्रबार ७:३९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १७ सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७० औं जन्मदिन मनाइ रहँदा केही युवाले भने राष्ट्रिय बेरोजगार दिवस बनाएका छन् । 

रोजगारी नपाएका युवाले भारतका विभिन्न ठाउँमा बेरोजगार दिवस बनाएर प्रधानमन्त्री मोदीलाई दबाब दिएका छन् । बेरोजगार दिवस मनाइरहेका युवालाई प्रमुख प्रतिपक्षी दलहरुले पनि समर्थन गरेका बीबीसी हिन्दीले जनाएको छ ।

राजस्थानका पूर्व उप-मुख्यमन्त्री एवं कांग्रेस नेता सचिन पायलटले ६ वर्षयता युवा शक्तिलाई रोजगारीको नाममा केबल झुठो आश्वासन मात्रै मिलिरहेको आरोप लगाउनु भएको छ । यसअघि युवाहरुले विरोध स्वरुपमा विभिन्न प्रदर्शन तथा र्‍याली पनि निकालेका थिए ।


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया