आज गणेशमान सिंहको २२ औं स्मृति दिवस

 असोज २, २०७७ शुक्रबार १४:३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको २२ औं स्मृति दिवस आज मनाइएको छ ।

दिवसको अवसरमा बिहान शोभा भगवतीमा अवस्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ । प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहलाई लौह पुरुषको उपमा दिइएको छ ।

यस्तै,  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणेशमान सिंहबाट नेपाली राजनीतिले सिद्धान्त र आदर्शको राजनीति गर्ने प्रेरणा लिए देश र नागरिकको हित हुने बताउनु भएको छ । गणेशमान सिंहको २३ औँ स्मृति दिवसका अवसरमा सिंह निवास चाक्सिबारीमा आयोजित कार्यक्रममा नेता सिंहले गणेशमानले सिद्धान्त, निष्ठा र मूल्यको राजनीति गरेको भन्दै त्यसबाट प्रेरणा लिनुपर्ने बताउनु भएको हो ।

उहाँले सिद्धान्त र आदर्शको राजनीति गर्ने जुन प्रेरणा दिनुभयो त्यही मार्गमा हिँडे मात्रै नेपाल र नेपालीको भलो हुने बताउनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया