मूर्ति विसर्जनको विषयमा विवाद भएपछि सर्लाहीको मलङ्गवामा कर्फ्यु

 असोज ३, २०७७ शनिबार १५:१७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाहीको सदरमुकाम मलङ्गवामा कर्फ्यु आदेश जारी भएको छ ।

हिजो विश्वकर्मा पूजा पछि मूर्ति विसर्जन गर्ने क्रममा दुई पक्षबीच विवाद भएपछि आज संभावित घटनालाई रोक्न कर्फ्यु लगाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

हिजो सामान्य झडप भए पनि आज बिहानैबाट दुई पक्षबीच तनाव सृजना भएपछि भोलि बिहान आठ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया