नेकपाकाे केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने, जनवर्गीय स‌ंगठन पेरिसडाँडामा

 साउन २४, २०७५ बिहिबार १८:३६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टीको बिहीबार बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा रहने निर्णय गरेको छ ।

बैठकले पार्टीका जनवर्गीय संगठनहरु पेरिसडाँडामा रहने पनि निर्णय गरेको छ ।

यसअघि तात्कालिन नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा थियो भने नेकपा माओबादीको पार्टी कार्यालय पेरिसडाँडामा थियो ।

दुवै पार्टी एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी बनेपछि पार्टी कार्यालयको टुंगो पछि लगाउने निर्णय भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया