तिनाउ नदीले सतर्कता तह पार गर्‍याे, तटीय क्षेत्रमा डुबानकाे जाेखिम

 असोज ६, २०७७ मंगलबार १८:४६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ  – बुटवलको तिनाउ नदीले सतर्कता तह पार गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत जलविज्ञान तथा मौसम विज्ञान विभागले तिनाउन नदीले सतर्कता तह पार गरेको र त्यो तह बढ्दो क्रममा रहेको जनाएको हो । 

विभागले तिनाउ नदी तटीय क्षेत्र र आसपासका होचा स्थानमा डुबान हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । 

यसैबीच अहिले पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् मीनकुमार अर्यालका अनुसार देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका केही ठाउँमा भने ठूलो वर्षा भएको उहाँले बताउनुभयो । 

यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार रातिदेखि आउँदो १० गतेसम्म नै देशका धेरैजसो नदीमा पानीको बहाव बढ्ने सम्भावना छ । 

अन्तिम अपडेट: असोज १९, २०७७

तपाईको प्रतिक्रिया