एक हप्ते क्वरेण्टीन बसाइपछि ऊर्जामन्त्री पुन नियमित काममा

 असोज ८, २०७७ बिहिबार १३:२४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उहाँ एक हप्ता लामो होम क्वरेण्टीन पूरा गरेर बिहीबारदेखि नियमित काममा फर्कनुभएको छ । 

गएको शुक्रबार उहाँका अङ्गरक्षकमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि मन्त्री पुन मन्त्री निवास पुल्चोकको होम क्वरेण्टीनमा बस्नुभएको थियो । 

उहाँ बिहीबारदेखि नियमित काममा फर्किएको प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: कात्तिक १२, २०७७

तपाईको प्रतिक्रिया