जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ – नेपाली कांग्रेसले नेपाल र चीनको सीमासम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको धारणाप्रति ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति निकालेर स्थलगत अध्ययनको विवरण आउनुभन्दा पहिले नै सीमा मिचिएको छैन भनेर धारणा सार्वजनिक गर्नु गलत भएको बताउनुभएको छ ।
सरकारको जिल्लामा रहेका संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेनासहितको टोलीको स्थलगत अध्ययन जारी रहँदै, अध्ययन पूरा गरेर सदरमुकाम फर्कनुभन्दा पहिले नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसङ्गत नभएको उहाँको भनाइ छ ।
सीमासम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यमसमेतको अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु उचित हुने कांग्रेसले जनाएको छ ।