काठमाण्डाै उपत्यकामा थप ७५५ जनामा काेराेना सङ्क्रमण

 असोज ८, २०७७ बिहिबार १६:४३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा सात सय ५५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार काठमाण्डौमा ६ सय ९ जना, ललितपुरमा ९५ जना र भक्तपुरमा ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

बिहीबार काठमाण्डाैमा उपत्यकामा सात सय ५५ सहित देशैभर एक हजार चार सय ९७ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ६९ हजार तीन सय एक पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिनुभयाे । 

सङ्क्रमितमध्ये अहिलेसम्म ५० हजार चार सय ११ जना कोरोनामुक्त भएका छन् भने चार सय ५३ जनाकाे ज्यान गइसकेकाे छ । 

अन्तिम अपडेट: असोज १४, २०७७

तपाईको प्रतिक्रिया