बिहानैदेखि बन्द रहेको पाल्पा-बुटवल सडक अझै खुलेन

 असोज १०, २०७७ शनिबार १८:५८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पहिरोका कारण पाल्पा-बुटवल सडक बिहानैदेखि बन्द रहेको छ ।

सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा-बुटवल सडकको सिद्धबाबा, हेडबक्स, पैठेडाँडा, भूतखोला, सिसुवा, झुम्सा, पानीमिल लगायतका ठाउँमा ठूलो पहिरो खसेपछि सडक बन्द भएको हो । सडकमा ठूला-ठूला ढुंगा झरेको र ढुंगा फुटाएर मात्रै पन्छाउन सकिने भएकाले सडक खुल्न समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया