नार्ककाे कार्यकारी निर्देशकमा भण्डारीलाई नियुक्‍त गर्ने मन्त्रिपरिषद्काे निर्णय

'मन्त्रिमण्डल हेरेफेरका बारेमा खसै कुरा भएन'

 असोज ११, २०७७ आइतबार २०:११:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डाक्टर दीपक भण्डारीलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नार्कको कार्यकारी निर्देशकमा भण्डारीलाई नियुक्त गरेको हो ।

त्यस्तै बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जान शाक्यलाई अख्तियारी दिएको एक मन्त्रीले जानकारी दिएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफलपछि आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद् बैठकलाई महत्त्वका साथ हेरिएको  थियो । याे बैठकले मन्त्रिमण्डल हेरफेर गर्न सक्ने अनुमान गरे पनि बैठकमा यस विषयमा खासै कुरा नभएको एक नेताले बताएका छन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया