दुई महिनामै झण्डै १४ अर्बको खाद्यान्न र ६ अर्ब रुपैयाँको तरकारी र फलफूल आयात

 असोज १२, २०७७ सोमबार १२:३३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चालु आर्थिक वर्षकाे दुई महिनामै झण्डै १४ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार साउन र भदौ महिनामा १३ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । यसको आधाभन्दा धेरै हिस्सा धान चामलको रहेको छ ।

साउन र भदौमा सात अर्ब ७२ करोड रुपैयाँको धान चामल आयात भएको विभागले जनाएको छ । यसमध्ये झण्डै पाँच अर्ब रुपैयाँको धान चामल भारतबाट मात्रै आयात भएको छ । यस्तै दुई महिनामा ६ अर्ब आठ करोड ५४ लाख रुपैयाँ बराबरको हरियो तरकारी र फलफूल आयात भएको छ ।

यस्तै एक अर्ब ७२ करोड १८ लाख रुपैयाँ बराबरको चिया र कफी आयात भएको छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

2 Comments

  • Sushil

    Nov. 11, 2020, 3:09 p.m.

    सरकार भाषण गर्दैमा समृद्द हुँदैन , काम गरेर देखाउनुपर्छ / बेलैमा किसानलाई मद्दत गर्नुस, नत्रभने शतप्रतिशत तरकारी आयात गर्नुपर्ने दिन आउनसक्छ /

  •  0 Reply
  • SUSHIL

    Oct. 27, 2020, 1:03 p.m.

    यही हो सरकारको परीक्षा ! अरु देशमा किशानले उत्पादन गर्छ र सरकारले किनेर बेच्छ / यहाँ यति नालायक सरकार छ कि मलखाद पनि किनेर ल्याउन सक्दैन खालि भन्ने मात्रै हो ५ वर्षमा मेची महाकाली रेल चलाउँछु / जबसम्म किसानको समस्या हाल हुँदैन, तबसम्मयो अरकार जानेबेला ५० अर्ब भन्दा बढी आयात हुन्छ ..नीति हुनुपर्यो नि राम्रो ..

  •  0 Reply

तपाईको प्रतिक्रिया