युरोपियन क्लब फुटबलको नयाँ सिजन : प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी खेल्दै

फ्रेञ्च लिग वान पनि आजैदेखि

 साउन २५, २०७५ शुक्रबार ८:५६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – युरोपियन क्लब फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदैछ । युरोपका धेरैजसो क्लबले आजदेखि झण्डै ९ महिना लामो फुटबल लिगको सुरुवात गर्दैछन् । 

विश्वका ठूला र चर्चित लिगमध्ये प्रिमियर लिग र फ्रेञ्च लिग वान आजदेखि सुरु हुँदा स्पेनिस ला लिगा र इटलीयन सिरि ए अर्को साता तथा जर्मन बुण्डेस लिग दुई सातापछि सुरु हुँदैछ ।
 
विश्वकै ठूलो मानिने इंग्लिस प्रिमियर लिग फुटबल आजदेखि सुरु हुँदैछ ।  नेपाली समय अनुसार आज राति पौने १ बजे पहिलो खेलमा म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी खेल्नेछन् ।

खेल म्यानचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । यही खेलबाट प्रिमियरसिपको नयाँ सिजन सुरु हुनेछ ।

यसपटक प्रिमियर लिगमा थपिएका तीन नयाँ टोलीमा फुल्ह्याम कार्डिफ सिटी र वुल्भर ह्याम्पटन वण्डरर्स रहेका छन् । गएको सिजनको दोस्रो श्रेणीको लिग च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै यी तीन टोलीले प्रिमियर लिगमा स्थान बनाएका हुन् ।

यसैगरी शनिबार अपरान्ह सवा ५ बजे क्यूक्यासल र टोटनह्याम भिड्नेछन् । शनिबार राति पौने ८ बजे  ४ वटा खेल हुनेछन् । जसमा एएफसी बर्नमाउथ र कार्डिफ, फुलह्याम र क्रिस्टलप्यालेस, चेल्सी र हडर्ल्सफिल्ड टाउन तथा वार्टफोर्ड र ब्राइटन आमने सामने हुनेछन् । राति सवा १० बजे एभर्रटन र वोल्भरह्याम्पटन वन्डरस एफसी भिड्ने छन् ।

प्रिमियरलिगको गत सिजनको उपाधि म्यानचेस्ट सिटीले जितेको थियो । गत सिजनमा स्वन्सी सीटी, स्टोक सीटी र वेस्ट ब्रोम रेलिगेशनमा परेका थिए ।

यसैगरी फ्रान्सेली लिग वान फुटबल लिग पनि आजैदेखि सुरु हुँदैछ । नयाँ सिजनको पहिलो खेलमा आज राति साढे १२ बजे ओलम्पिक मार्सेली र टोलोज आमने सामने हुँदैछन् ।

गएको सिजन मार्सेलीले चौथो स्थानमा रहेर लिग सकाएको थियो भने १८औ. स्थानमा रहेर टोलोजले रेलिगेशन प्लेअफमा जित हासिल गरी रेलिगेशनको संकट टारेको थियो ।

यस सिजन फ्रान्सेली लिग वानमा दुई नयाँ क्लबहरु रेइम्स र निम्स बढुवा भएका छन् । दुई टिम रेलिगेसनमा पर्ने प्रावधान अनुसार गएको सिजन ट्रोएज र मेट्ज घटुवा भएका थिए ।
 
प्रमियिर लिग र फ्रेन्च लिग वान आजदेखि सुरु हुने भए पनि स्पेनिस ला लिगा र इटलीको सिरी ए अर्को सातादेखि सुरु हुनेछ । त्यस्तै जर्मन बुण्डेसलिगा भने दुई सातापछि मात्रै सुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया