काेराेनाकाे जाेखिमका बीच उपत्यकामा भिडभाड बढ्यो

 असोज १३, २०७७ मंगलबार १७:२६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – कोभिड–१९ को जोखिमका बीच काठमाण्डाै उपत्यकामा भिडभाड बढ्न थालेको छ । गाडीसँगै यात्रु र बजार, पसलमा उपभोक्ताको भिड बढेको छ ।

लामो दुरीका सार्वजनिक गाडी चल्न थालेसँगै काठमाण्डौ उपत्यकामा गाडीको आवागमनसमेत बढेको महानगरीय प्रहरी महाशाखाले जनाएको छ । उपत्यकामा मानिस र गाडीकाे चाप बढेसँगै कोभिड–१९ को जोखिम थप बढेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिले झण्डै २० हजार गाडी उपत्यका भित्रिने र त्यही हाराहारीमा बाहिरिने गरेको छ । मङ्गलबार उपत्यकामा चार हजार पाँच सय ८३ गाडीमा १९ हजार नाै सय यात्रु भित्रिएका छन् । यस्तै चार हजार ६ सय ९८ गाडीमा २० हजारभन्दा धेरै यात्रु बाहिरिएका छन् । काठमाण्डौ उपत्यकामा जोर–बिजोर प्रणालीमा गाडी चलिरहेका छन् ।

सार्वजनिक गाडीमा पनि सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न भनिएको छ । तर यो नियमको पूर्णरुपमा पालना भने हुन सकेको छैन ।

यात्रुसँग बढी भाडा लिने सार्वजनिक गाडीले पूरै सिटमा यात्रु राख्ने गरेकाे पाइएको छ । ट्राफिक प्रहरीले अहिले यस्ता गाडीलाई सम्झाइ–बुझाइ गरेर मात्र छोड्ने गरेको छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया