अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ७० प्रतिशत सकियो

 असोज १४, २०७७ बुधबार ११:४४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरको गोदावरीमा निर्माण भैरहेको तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम ७० प्रतिशत सकिएको छ ।

शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागले गोदावरी नगरपालिका–३ मा केन्द्र निर्माण गरिरहेको छ । विभाग र केसी–समानान्तर जेभीबीच गएको वर्षको कात्तिक २० गते सम्झौता भएर भोलिपल्ट २१ गतेबाट भवन निर्माणका लागि खाडल खन्न शुरु गरिएको थियो ।

गएको चैत महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको भएपनि दुई महिना साइटमा भएका रुख काट्न समय लागेको र मौसमले पनि साथ नदिएकोले तोकिएको समयमा काम सम्पन्न गर्न नसकिएको परियोजना प्रबन्धक महेश भट्टले बताउनुभयो । ६५ करोड ८१ लाख ६५ हजार रुपैयाँमा सम्मेलन केन्द्र निर्माणका लागि सम्झौता भएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया