वामदेव गौतम विरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुँदै

 असोज १४, २०७७ बुधबार १२:४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

प्रतिनिधिसभाको चुनावमा हारेका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रियसभा सदस्यको जिम्मेवारीबाट हटाउन तथा मन्त्री र अन्य संवैधानिक पदमा नियुक्ती नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

रिटमाथि आज प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जवरासहित न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासमा पूर्ण सुनुवाइ हुँदैछ । अधिवक्ता त्रिपाठीले असोज ४ गते राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय सभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी रिट दायर गरेका गर्नुभएको थियो ।

यसअघि सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले वामदेव गौतमलाई थप जिम्मेवारी नदिन अन्तरिम आदेश दिइसकेको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया