रेल्वे कम्पनीमा जागिर खान ३२ हजारको आवेदन, ‘सोर्स, फोर्स र नातागोता चल्दैन’

 असोज १४, २०७७ बुधबार १४:२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल रेल्वे कम्पनीमा जागिर खानको लागि ३२ हजार जनाले आवेदन दिएका छन् ।

कम्पनीले गएको भदौ २९ गते विभिन्न पदमा एक सय २९ जनाको लागि आवेदन माग गरेको थियो । १५ दिनको समय दिएर आवेदन माग गरिएकोमा ३२ हजार जनाले आवेदन दिएका रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभएको छ । 

‘एक सय २९ पदमा मागिएको रेल्वे कर्मचारीमा ३२ हजार निवेदन परेको छ । पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिस्ट प्रकाशित हुनेछ । दोस्रो चरणमा अन्तरवार्ता पछि अन्तिम नामावली प्रकाशित गरिने छ । सोर्स फोर्स,  चिनजान, नातागोताका आधारमा छनौट गरिने छैन । यो गफ हैन, प्रतिवद्धता पनि हो’, भट्टराईले ट्विटरमार्फत भन्नुभएको छ । 

नेपालमा रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीले पाएको छ । सरकारले ढिलो गरी कम्पनी गठन र नियम ल्याउँदा भारतबाट आएको रेल सञ्चालन हुन सकेको छैन । 

अन्तिम अपडेट: चैत ४, २०८०

3 Comments

  • Sanjeev Kumar sah

    Oct. 1, 2020, 2 p.m.

    ओहो मलाई त अलिकति पनि लाग्दैन नातागोता चल्दैन भनेर , रेलको सिट बुक भैसकेको छ ..सबै आफ्नै त होला नि / भ्रस्टाचारको संसारमा यो कुरा पत्याउन गाह्रो भयो सरकार /

  •  0 Reply
  • Anil Kumar Basnet

    Oct. 1, 2020, 1:03 p.m.

    हाहाहा महाप्रबन्धक ज्यूले हँसाउनु सम्म हंसाउनु भयो त ।

  •  0 Reply
  • Durga kunwar

    Sept. 30, 2020, 3:18 p.m.

    Before i worked in dubai as a saleman now due to pandamic situation and lost my job so i want job in nepal. May i give some contribution for my country.

  •  0 Reply

तपाईको प्रतिक्रिया