अवैध रुपमा भारततर्फ लैजाँदै गरेको चौपायासहित चालक प्रहरीकाे नियन्त्रणमा

 साउन २५, २०७५ शुक्रबार १४:५७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम – अवैध रुपमा १ राँगासहित ८ वटा गोरु भारततर्फ लैजाँदै गरेको सवारी साधनसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

इलामको सुर्योदय नगरपालिका वडा नम्बर ४ छिरुवाको बाटो हुँदै चौपायालाई भारत लैजाने क्रममा प्रहरीले मे १ च ४२६८ नम्बरको पिकअप र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । 

यस्तै भारततर्फ लैजान लागिएको ७३ पिस महिलाको कपडा र एक सय चुरोट समेत इलाका प्रहरी कार्यलय पशुपतिनगर इलामको गस्ति टोलीले बरामद गरेको बताइएको छ । 

बरामद सामान र बुद्धशान्ति गाउँपालिका ३ बस्ने ३७ वर्षीय चालक खेमराज सुवेदीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यलय इलाममा बुझाइएको प्रहरीले जानकारी दिएको छ । 


 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया