कतार एयरवेज १८ औँ एसियाली खेलकुदको प्रेस्टिज पार्टनर तथा आधिकारिक एयरलाइन्स

 साउन २५, २०७५ शुक्रबार १६:१९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

कतार एयरवेज १८ औँ एसियाली खेलकुदको प्रेस्टिज पार्टनर तथा आधिकारिक एयरलाइन्स रहने भएको छ ।

१८ औँ एसियाली खेलकुद महोत्सवमा ४५ सहभागी राष्ट्रका खेलाडीहरुलाई जकार्ता तथा पलेम्बाङमा निम्त्याई प्रतिष्ठित पुरस्कारहरुको लागि प्रतिस्पर्धा गराउने छ । 

रुसमा भएको २०१८ फिफा विश्वकपको आधिकारिक पार्टनर तथा एयरलाइन्स पनि कतार एयरवेज नै रहेको थियो ।

कतार राज्यको यस राष्ट्रिय विमानले अब रुसबाट एसिया तर्फ ध्यान केन्द्रित गरी आफ्नो नेटवर्क विस्तार गर्दै विश्वव्यापी सम्बन्ध अझ मजबुत बनाउने योजना बनाएको छ । 

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले कतार एयरवेज इण्डोनेसियाको जकार्ता तथा पलेम्बाङमा आयोजना हुन गइरहेको १८ औँ एसियाली खेलकुदको प्रेस्टिज पार्टनर तथा आधिकारिक एयरलाइन्स बनी संसारभरका प्रशंसकहरुलाई एकताबद्ध गराउन पाउँदा निकै उत्साहित भएको बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया