नेभिगेशन
बुधबार, कात्तिक ११, २०८३

गाडीको प्रदूषण मापन र राजश्व तिर्न ललितपुरको एकान्तकुनामा भीड

काठमाण्डाै - ललितपुरको एकान्तकुनादेखि महालक्ष्मीस्थानसम्म गाडीको चाप छ ।

गाडीको प्रदूषण मापन भइरहेकाले चाप भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । यस्तै एकान्तकुनामा रहेको यातायात कार्यालयमा केही दिनयता १० बजेपछि भीडभाड हुने गरेको छ । कार्यालय भवनको अगाडि राष्ट्रिय वाणिज्य बैंकको काउन्टरमा राजश्व तिर्नेको भीड लाग्ने गरेको हो ।

भीडभाडमा दूरी कायम नै नगरि लाइन लाग्ने गरेकाले कोरोनाको जोखिम समेत बढ्दै गएको छ । असार १ गतेदेखि नै यातायात कार्यालय खुले पनि राजश्व संकलनको काम भने गएको ७ गते आइतबारदेखि मात्र सुरु भएको हो । राजश्व तिर्न बिहान ३ बजेदेखि नै सडकमा गाडीको लाइन लाग्ने गरेको हो ।

कार्यलय खुल्नुअघि नै सडकको छेउमै गाडीको लाइन बढ्दै जाने गरेको छ । सरकारले कोरोनाको जोखिमका बीच कर तिर्न ताकेता गरेकाले जोखिम मोलेर भए पनि लाइन लाग्न बाध्य हुने गरेको सेवाग्राहीले बताएका छन् ।

प्रकाशित मिति:
थप समाज