नेभिगेशन
शनिबार, मंसिर ५, २०८३

सरकारले डाक्टर गोविन्द केसीको ज्यान लिन खोजेको हो ? : साझा पार्टी

काठमाण्डौ – सरकारले २२ दिनदेखि अनशन बसिरहनुभएका डाक्टर गोविन्द केसीको ज्यान लिन खाेजेको भन्दै साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

साझाले विज्ञप्तिमार्फत डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको अवस्थामा पनि सरकारले कुनै तत्परता नदेखाएको भन्दै तत्काल माग सम्बोधन गरेर जीवनरक्षा गरिदिन आग्रह गरेको छ । 

सहप्रवक्ता शरदराज पाठकले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘डा केसीले १९ औँ अनशनमा राखेका कुन चाहिँ माग नाजायज छन् ? छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुपर्‍याे । होइन भने विश्वमै बिरलै भेटिने डा. केसीजस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पूरा गर्नुपर्‍याे ।’ 

२०६९ सालमा पहिलो अनशन सुरु गर्नुभएयता डाक्टर केसीका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले र देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्ने रहेको भन्दै साझाले तिनै दलले पटक–पटक सरकारको नेतृत्व गर्दा  पनि उस्तै माग राखेर फेरि अनशनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय भएको जनाएको छ ।

प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्रै डाक्टर केसी ६ पटक अनशन बसिसक्नुभएको छ । यो पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा पनि वार्ता टोलीसम्म गठन नगरेको साझाले जनाएको छ । 

प्रकाशित मिति:
थप राजनीति