नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ९० हजार नाघ्याे

 असोज २०, २०७७ मंगलबार १६:२६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ९० हजार आठ सय १४ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार पाँच सय ५१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा ११ हजार ४७ जनाकाे नमुना परीक्षण गर्दा एक हजार पाँच सय ५१ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा दुई हजार तीन सय ४० जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ६७ हजार पाँच सय ४२ पुगेको छ ।  

अब नेपालमा २२ हजार सात सय नाै जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय २१ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा ९ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया