अध्ययन र रोजगारीकाे लागि युवाहरु विदेश जाने क्रम रोक्नुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

 असोज २४, २०७७ शनिबार १४:३१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पालिकाहरुले अहिले कृषि र पशुपालन क्षेत्रमा युवाहरुलाई आकर्षित गर्नुपर्ने बताउनुभएको छ ।

रसुवावाढी नाका तथा नुवाकोट र रसुवामा भइरहेका विकास निर्माणका आयोजनाको अवलोकन गर्न पुग्नुभएका मन्त्री ज्ञवालीले तीन तहका सरकारले स्वरोजगारमुखी कार्यक्रममार्फत कृषि, पशुपन्क्षीपालन लगायतका क्षेत्रमा आकर्षित गराउने कार्यक्रम चलाउनुपर्ने बताउनुभयो ।

देशका शिक्षित युवा अध्ययन र बलिया युवा रोजगारको नाममा विदेश जान बाध्य भइरहेकाले त्यसलाई रोक्न सक्ने योजना बनाउन उहाँले निर्देशन पनि दिनुभयो । विकास निर्माणका योजना समयमै पूरा गर्नसके देशमा समृद्धि आउने उहाँको विश्वास छ ।

सरकारी कार्यालयबाट हुने सेवा प्रवाह सरलसहित प्रभावकारी बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नुवाकोटका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । 

यस्तै मन्त्री ज्ञवालीले सिंहदरबारको अधिकार गाउँगाँउमा पुुर्याइसकेकाले त्यसको कार्यान्वयन जिल्लामा रहेका कार्यालयको काँधमा रहेको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०७७

2 Comments

  • माधव ज्ञवाली

    Oct. 11, 2020, 1 p.m.

    मन्त्री ले भासण मात्र गरेर हुन्छ, आस्वासन जनता लाई दियेर मात्र हुन्छ ?

  •  0 Reply
  • nabin dahal

    Oct. 10, 2020, 5:31 p.m.

    देशमा रोजगार र उचित शिक्षाको व्यवस्था भए कोहि बिदेशिदैन / यदि सरकारले विदेश जान रोक्यो भने देश चलाउन त गार्हो छ / यहाँ मैले इपिएस पढेको ४ वर्षमा १० लाख खर्च भैसक्यो / यो पैसा सरकारले बेहोरेर हामीलाई एउटा राम्रो रोजगार दिएर राख्न सक्ने बाचा गर्छ भने ठीक छ , हैन भने माथि बस्न पाएँ भनेर नभुके हुन्छ, किनभने त्यही पसिना र श्रमको पैसाले मोज गर्दै उनीहरुलाई नै यस्तो कुरा गर्दा हामी युवाको मनमा के बित्छ भनेर सोचेको छ सरकारले ????

  •  0 Reply

तपाईको प्रतिक्रिया