भोलि बस्ने भनिएको कांग्रेसकाे केन्द्रीय समितिको बैठक स्थगित

 असोज २४, २०७७ शनिबार १४:५६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

पूर्व कोषाध्यक्ष तथा समाजसेवी रामबाबु प्रसाईंको निधनमा भोलि पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने र केन्द्रीय कार्यसमितिको बैठक स्थगित गर्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

एकपछि अर्को समस्यासँगै केन्द्रीय समितिको बैठक नै अनिश्चित बनेको छ । असोज १५ गते नमुना संकलन भएकोमा केहि केन्द्रीय सदस्यलाई कोरोना देखिएपछि १९ गतेको बैठक स्थगित भएको थियो । त्यसपछि भोलिका लागि तोकिएको बैठक पनि पूर्व कोषाध्यक्ष प्रसाईंको निधनका कारण रोकिएको छ ।

कांग्रेसका केहि शिर्ष नेताहरु आइसोलेशनमा रहेकाले बैठक छिटै हुने सम्भावना टर्दै गएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया