एकैदिन पाँच हजार बढीमा कोरोना सङ्क्रमण

 असोज २४, २०७७ शनिबार १६:३२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको २४ घण्टामा देशभर पाँच हजार आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१९ हजार तीन सय २० जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार आठ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण हुनेको संख्या एक लाख पाँच हजार छ सय ८४ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा १२ सय २९ जना निको भएसँगै निको हुनेको संख्या ७४ हजार दुई सय ५२ रहेको छ । अब नेपालमा ३० हजार आठ सय १८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट १४ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या छ सय १४ पुगेको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया