डाक्टर केसी पक्षसँग थप वार्ता नगर्ने सरकारको संकेत

 असोज २४, २०७७ शनिबार १६:४३:३१ | उज्यालो सहकर्मी

काठमाण्डाै - सरकारले डाक्टर गोविन्द केसी पक्षसँग थप वार्ता नगर्ने संकेत गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्तीमार्फत डाक्टर गोविन्द केसीले उठाएका धेरैजसो माग पूरा भइसकेको दाबी गर्दै उहाँलाई अनसन तोड्न आग्रह गरेको छ । डाक्टर केसीसँग हिजो र अस्ति वार्ता गरिएको र उहाँका धेरै माग पूरा भइसकेका र केहि पूरा हुने अवस्थामा रहेको जानकारी गराइसकेको भन्दै मन्त्रालयले अनसन तोड्न आग्रह गरेको हो ।

चिकित्सा शिक्षा ऐन २०७५ र नियमावली जारी भएको, बर्दिवास, बुटवल, सुर्खेत लगायतका स्थानमा सरकारी मेडिकल कलेज स्थापनाको क्रम सुरु भएको, विभिन्न विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तीको लागि मापदण्ड निर्धारण समिति तथा कार्यदलका प्राप्त भएर कार्यान्वयको चरणमा रहेका पनि मन्त्रालयको दाबी छ ।

कोरोना महामारीको यो अप्ठ्यारो अवस्थामा अनसन अन्त्य गरिदिन पनि सरकारले डाक्टर केसी समक्ष आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • Saan shiva

    Oct. 11, 2020, 1:26 p.m.

    इतिहासकै नालायक र निकम्मा सरकार कालाेलाइ सेताे र सेताेलाइ कालाे बनाउन मात्र लागिपरेकााे छ । माग पूरा भएकाे भए किन अनसन बस्ने ? कतिन्जेल चल्छ हाेला याे लुट र आतंक जनता पिडित कहिलेसम्म ? सत्याग्रहि लाई तिरस्कार र दलालीलाइ पाेस्ने कहिलेसम्म?

  •  0 Reply

तपाईको प्रतिक्रिया