आईपीएल : कोलकत्ताले पञ्जाबलाई दियो १ सय ६५ रनको लक्ष्य

 असोज २४, २०७७ शनिबार १८:०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले किंग्स इलाभेन पञ्जाबलाई एक सय ६५ रनको लक्ष्य दिएको छ ।

आबुधावी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६४ रन बनायो । उसका लागि कप्तान दिनेश कार्तिकले ५८ र शुभमन गिलले ५७ रन बनाए । १० ओभरमा तीन विकेट गुमाएर जम्मा ६३ रन बनाएको अवस्थामा कार्तिक र गिलले बलियो साझेदारी गर्दै कोलकत्तालाई मध्यम स्कोरतर्फ पुर्याएका हन् ।

पाँच खेल खेलेको कोलकत्ता ६ अंकसहित चौथो स्थानमा छ भने ६ खेल खेलेको पञ्जाब दुई अंकका साथ पुछारमा छ । यस्तै बेलुकी पौने ८ बजे रोयल च्यालेन्जर्स बैंग्लोर र चेन्नाई सुपर किंग्सबीचको खेल हुनेछ । गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया