आईपीएल क्रिकेट कोलकत्ताले पञ्जाबलाई २ रनले हरायो

 असोज २४, २०७७ शनिबार १९:५४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले किंग्स इलाभेन पञ्जाबलाई दुई रनले पराजित गरेको छ ।

अन्तिम तीन ओभरमा सम्हालिन नसक्दा पञ्जाब हार बेहोर्न बाध्य भयो । कोलकत्ताले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन मात्रै बनाउन सक्यो । अन्तिम बलमा छक्का हानेको भए खेल बराबरी भएर सुपर ओभरमा जान सक्थ्यो तर ग्लेन म्याक्सवेलले चौका मात्रै हान्न सकेपछि खेल कोलकत्ताको पक्षमा गयो ।

पञ्जाबले १ सय १५ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । उसका लागि के एल राहुलले ७४ र मयंक अग्रवालले ५६ रन बनाए । कोलकत्ताका प्रसिद्ध कृष्णले ३ र सुनिल नारिनले २ विकेट लिए । यसअघि आबुधावी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो ।

उसका लागि कप्तान दिनेश कार्तिकले ५८ र शुभमन गिलले ५७ रन बनाए । जितसँगै कोलकत्ता ८ अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ भने २ अंक रहेको पञ्जाब पुछारमा छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया