मन्त्रिपरिषद् पुनर्गठन : अर्थमा विष्णु पाैडेल, ईश्वर पाेखरेललाई रक्षा मन्त्रालयबाट हटाइयाे

 असोज २८, २०७७ बुधबार १८:५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।

नयाँ मन्त्रिपरिषदमा अर्थ मन्त्रालयमा विष्णुप्रसाद पौडेल आउनुभएको छ । यस्तै रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग राखेर उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ ।

यस्तै सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई दिएर पार्वत गुरुङले सम्हाल्दै आउनुभएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिएको छ । सहरी विकासमा भने कृष्णगाेपाल श्रेष्ठलाई नियुक्त गरिएकाे छ । 

त्यस्तै केही मन्त्रालयमा हेरफेर गरिएकाे छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • Bhola Timalsina

    Oct. 14, 2020, 8:32 p.m.

    नयाँ कुराे देख्न सुन्न पाइयाे । आजबाट प्रधान मन्त्रीले रक्षा मन्त्रालय र उपप्रधान मन्त्रीले प्रधान मन्त्री तथा मन्त्री परिषदकाे कार्यालय चलाउने , साच्चै यस्तै हो र ? कठै मेरा देशका कर्मचारीहरु के हेरेर सही गरेकाे हाेला प्रवक्ताले ।

  •  0 Reply

तपाईको प्रतिक्रिया