प्रधानमन्त्री ओली र 'रअ' प्रमुखबीच भेट भएकाे पुष्टि

 कात्तिक ६, २०७७ बिहिबार १३:५३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेट भएको पुष्टि भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहका सूर्य थापाले विज्ञप्ति नै निकालेर प्रधानमन्त्री ओली र रअका प्रमुख गोयलबीच भेट भएको जानकारी गराउनुभएको हो । उहाँहरुबीच बुधबार राति नै प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो ।

भेटका क्रममा रअका प्रमुख गोयलले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याको वार्तामार्फत समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नुभएको थियो । भेटका क्रममा अरु के–के विषयमा छलफल भयो भन्नेबारे भने खुलाइएको छैन । 

रअ प्रमुख गाेयल बुधबार दिउँसाे विशेष विमानमार्फत काठमाण्डाै ओर्लिनुभएकाे थियाे । उहाँ बिहीबार बिहान भारत फर्किनुभएकाे हाे । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया