तमोर नदीको पुल निर्माण कार्य अन्तिम चरणमा

 साउन २७, २०७५ आइतबार ८:२०:१३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – पूर्वी नेपालको समृद्धिको ढोका मानिएको तमोर करिडोर अन्तर्गत पर्ने तमोर नदीको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

ताप्लेजुङको ओलाङचुङगोला नाका हुँदै चीनसँग जोडिने नेपालकै सबैभन्दा छोटो राजमार्गमा रहेको तमोर नदीको पूल निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।  

९ वर्ष अगाडि तत्कालीन समभामुख सुवासचन्द्र नेम्बाङले २०६६ सालमा शिलान्यास गरेर सम्झौता भए पनि ठेकेदार कम्पनिको लापरवाहीका कारण पुल बन्न सकेको थिएन । 

अहिले पुलमा फलाम जोडी रङ लगाउने काम पनि सकिएको ओलाङगोला लोकमार्ग आयोजनाले जनाएको छ । आयोजनाका अनुसार अब महिना दिन भित्र पुलमा गाडी गुडाउन सकिन्छ । 

१० करोड रूपैयाँको लागतमा निर्माण गर्ने गरी २०६६ सालमा निर्माण सम्झौता भए पनि ठेकेदारले समयमा काम नगर्दा काम अलपत्र परेको थियो । दुई वर्ष अगाडी नै सम्पन्न हुने गरी कन्काई, मैनाचुली र याक्थुङ्हाङ गरी तीन वटा कम्पनीले सडक डिभिजन कार्यालय इलामसँग निर्माण सम्झौता गरेका थिए ।

छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालकै छोटो दुरीको तमोर करिडोर सगै भएको यो पुल पूर्वी नेपालको समृद्धिसँग जोडिएको छ । धनकुटाको मुलघाटबाट तमोरको तीरै तीर बनाइएको तमोर करिडोरबाट नेपाल र भारत जोड्न सबै भन्दा छोटो राजमार्गमा रहेको पुलले चीन भारतमा समेत व्यापारमा सहजता ल्याउने विश्वास गरिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया