काेराेना कारण बन्द रहेकाे पोखरा महानगरपालिकाकाे कार्यालय आजदेखि खुल्ने

 कात्तिक १३, २०७७ बिहिबार ७:२४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - कास्कीको पोखरा महानगरपालिकाकाे कार्यालय आजदेखि खुल्ने भएको छ । 

महानगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि गएको असोज २९ गतेदेखि बन्द सेवा आजदेखि नियमित सुरु हुने महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिनुभयो । 

कर्मचारीमा सङ्क्रमण देखिएपछि कार्यालयले दिँदै आएका अत्यावश्यक बाहेकका अन्य सेवा रोकिएको थियो । महानगरमा गठित कोरोना सङ्क्रमण रोकथाम समितिको बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्ने गरी महानगरपालिकाबाट प्रदान गर्ने सबै सेवाहरु नियमित गर्ने निर्णय गरेको हो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया