मलेसियामा नयाँ नीति प्रस्ताव : १५ प्रतिशत मात्रै विदेशी कामदार भर्ती गरिने

 साउन २७, २०७५ आइतबार १५:२९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : मलेमेल डटकम

काठमाडौं – नेपालीको मुख्य श्रम गन्तव्य मध्येको एक मलेसियाले विदेश कामदार भर्तीका लागि नयाँ नीति ल्याउने भएको छ ।

विदेशी कामदारको भर्तीलाई लिएर अहिलेको नीतिले मध्यस्तताका बारेमा समस्या आएको भन्दै मलेसियाले नयाँ नीति ल्याउन लागेको हो । मलेसियाका मानव शंसाधन मन्त्री एम कुलासेगरनले अहिलेको समस्या समाधान गर्दै कामदार भर्तीलाई व्यवस्थित गर्न नयाँ नीति ल्याउन लागेको बताउनुभएको हो । 

उहाँले मंगलबार प्रधानमन्त्री महाथिर मोहम्मदसँग छलफल गर्ने र नीति सार्वजनिक गर्ने बताउनुभएको छ । नयाँ नीतिमा स्वदेशी कामदारलाई प्राथमिकता दिइन लागेको कुलासेगरनको भनाईबाट प्रष्ट हुन्छ । 

उहाँले भन्नुभयो ‘उदाहरणका लागि, यदि एक कम्पनीसँग एक सय जना कर्मचारी आवश्यकता प¥यो भने १५ जना मात्रै विदेश कामदार राख्न पाइनेछ, बाँकी स्थानीय श्रमिक नै हुनुपर्छ ।’ तर उहाँले यो आफ्नो प्रस्ताव भएको भन्दै प्रधानमन्त्रीसहित सबै पक्षसँग छलफलपछि निर्णय लिइने बताउनुभयो । 

नेपाली कामदारका समस्या समाधान गर्न एमओयु अन्तिम चरणमा 

उहाँले नेपाली श्रमिकका विषयमा देखिएको समस्या समाधानका लागि एमओयु गर्ने तयारी अन्तिम चरणमा रहेको पनि बताउनुभएको छ । यसअघि नेपालसँग कुनै एमओयु नभएको भन्दै नेपाल अब एमओयु गर्न तयार रहेको भन्दै त्यसका लागि आफू नेपाल जाने बताउनुभएको छ । 

नेपाल जाने प्रस्ताव मन्त्रीपरिषद्मा लाने पनि बताउनुभएको छ । आफूहरुले श्रमिकका विषयमा देखिएका समस्याको दिर्घकालिन समाधान खोजिरहेको पनि बताउनुभएको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

1 Comments

  • Krishna

    Aug. 12, 2018, 9:50 p.m.

    मलेसियामा के छ र पछि लाग्छन / यो मानव संशाधन मन्त्री पनि .....मर्न मन भए मलेसिया जानु, चेतना भया /

  •  0 Reply

तपाईको प्रतिक्रिया